यस श्री जिवन ज्योती महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लि.२२ औ वार्षीक साधारण सभामा प्रवेश
गर्दै गर्दा समूदायमा आधारित गुणस्तरिय प्रविधियुक्त दिगो वित्तिय सहकारी तथा सहकारीको मूल्य मान्यता
र सिद्धान्तको परिपालना गरी जिम्मेवार संचालक दक्ष जनशक्ति र नविनतम प्रविधिको प्रयोग मार्पmत वित्तिय
तथा गैह्रवित्तिय (तालिम, शिक्षा, परामशर्, मल बिक्री, शुपथ मुल्य पसल र कोशिली घर नामाकरण गरी
सदस्यहरु ले उत्पान गरेका कृषी उपज तथा अर्गानीक गेडा गुडी तथा पहाडी क्षेत्रमा पाउने कोदो भटमासहरु जस्ता खाधान्यहरु संकलन गरि विक्रि वितरण गरीरहेको छ ।साथै सदस्यहरूको आर्थिक सामाजिक
सांस्कृतिक विकास गर्ने अभियानका साथ संस्थाका गतिविधिहरू संचालन गरी सहकारीको दिगो विकासमा
टेवा पु¥याई आएका छौं । त्यसैगरी सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा मात्र नभएर वित्तिय
साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका सवालमा समेत महत्वपूर्ण अभियानहरु संचालन गरीरहेको
छ । आदरणिय सदस्य महानुभावहरूको प्रोत्साहनपूर्ण सहयोग, नियमन निकायको अनुगमन तथा निर्देशन,
लेखा तथा संचालकहरूको कुशल मार्ग दर्शन एवम् कर्मचारीहरूको सृजनशिल मेहेनत र शुभचिन्तकहरूको
शुभेच्छाबाट संचालित यस संस्थाले संस्थागत आन्तरिक सुदृढिकरणको साथमा कार्य क्षेत्र विस्तार गर्दै अगाडि
बढिरहेको छ । तसर्थ सदस्य मैत्री सेवा, सेवाग्राहीको हित साथमा सरल र सहज ढंगले ऋण लगानी गर्दै
आधुनिक तथा प्रविधियुक्त वित्तिय क्षेत्रको विकासमा निरन्तरताका साथ अभैm गुणस्तरिय एवम् प्रभावकारी से
वा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अगाडि बढ्ने छौं ।