091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

काठमाडौंः पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन्।

गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन्।

स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले अनलाइनखबरसँग बताए।