091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

विपिन कार्कीविरुद्ध उजुरी

काठमाडौँ: अभिनेता विपिन कार्कीविरुद्ध उजुरी परेको छ। अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै प्रसाद–२ का निर्माता सुवास थापाले निर्माता संघमा उजुरी दिएका हुन्।

प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेपछि चलचित्र निमार्णको काम रोकिएको थियो। कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको हुँदा सुटिङ नगरी हिँड्नु परेको बताएका छन्।