091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

महाकाली-मेची जागरण अभियानको टोली चौमालातर्फ

काठमाडौं : नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालले शुरु गरेको महाकाली-मेची जागरण अभियान कैलालीको अत्तरियाबाट चौमालातर्फ लागेको छ।

अभियान आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट शुरु भएको हो। बिहान महाकालीमा नुहाएर शुरु भएको अभियानले महेन्द्रनगरमा कार्यक्रमसमेत गरेको थियो।

अभियानको टोली आज हलपुरमा गएर बास बस्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताए। अभियान भदौ २३ सम्म तराईका विभिन्न २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिनेछ।

अभियान प्रारम्भको अवसरमा युवा संघको नेतृत्वमा गएको टोलीले सिमानामा राष्ट्रिय झण्डा गाड्दै राष्ट्रियताका पक्षमा नेपाली युवाहरू निरन्तर लागी पर्ने प्रतिबद्धता जाहेर गर्दै कोणसभासमेत गरेको थियो।