महाकाली पारीको नेपाल अर्थात कञ्चनपुरको दोधारा चाँदनीबाट संकलित दुध भारतको टनकपुरमा खपत हुने गरेको छ। दोधाराबाट मात्रै दैनिक २ हजार लिटर दुध टनकपुरमा खपत हुने गरेको हो।
भारतसँग सीमा जोडिएका किसानले भारतमै दुध खपत गर्दै आएका छन्। उत्पादित दुध सदरमुकाम महेन्द्रनगर तथा अत्तरियाभन्दा टनकपुर नजिक भएकाले उतै दुध विक्री गर्ने गरेको दोधारका किसान उत्तम कडायतले बताए। ‘उतैबाट दुध संकलक आउने र कतिपय अवस्थामा आफैले पनि टनकपुर दुध पुर्याउनुपर्ने हुन्छ’ उनले भने।