डडेल्धुरा: सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७९’ हुने भएको छ। विगतका वर्षहरु झै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो।