091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम सुरु

नेपाल पर्यटन बोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ। बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाइड तालिम सुरु गरेको हो।