091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

श्री जिवनज्योति महिला बिकास बहुउद्देश्यिय सहकारी संस्था ली.को १९ औ बार्षिक साधारण साभा समक्ष संस्थाका अध्यक्ष श्री पुनम कार्कीको प्रस्तुत मन्तब्य

यस गरिमामय १९औं बार्षिक साधारण सभाका प्रमुख अतिथि ज्यू तथा अतिथि ज्यूहरू, बर्तमान संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति एवमं अन्य उपसमितिका सहकर्मी साथीहरू, प्रेरणादायी ब्यक्तित्व ज्यूहरू, उपस्थित पत्रकार मित्रहरू र शुभचिन्तक महानुभावहरू लगायत यस सहकारी संस्थाका मेरुदण्ड
कर्मचारीहरू तथा शेयर सदस्य महानुभावहरू, यस जिवनज्योति महिला बिकास बहुउद्देश्यिय सहकारी संस्था लि.ले १८औं बर्ष पुरा गरी १९औं बर्षमा प्रवेश गर्दै गर्दा समूदायमा आधारित गुणस्तरिय प्रविधियुक्त दिगो वित्तिय सहकारी तथा सहकारीको मूल्य मान्यता र सिद्धान्तको परिपालना गरी जिम्मेवार संचालक दक्ष जनशक्ति र नविनतम प्रविधिको प्रयोग मार्पmत वित्तिय तथा गैह्रवित्तिय (तालिम, शिक्षा, परामशर्, मल बिक्री, जैबिक प्याड उत्पाद) सेवा उपलब्ध गराई सदस्यहरूको आर्थिक सामाजिक सांस्कृतिक विकास गर्ने आर्दश अभियानका साथ हाम्रो गतिविधिहरूलाई संचालन मार्पmत सहकारीको विकासमा टेवा पु¥याई आएका छौं । त्यसैगरी सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा मात्र नभएर वित्तिय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका सवालमा समेत महत्वपूर्ण अभियान संचालन गरको े छ । आदरणिय सदस्य महानुभावहरूको प्रोत्साहनपूर्ण सहयोग, नियमक निकायको अनुगमन तथा निर्देशन, संचालकहरूको कुशल मार्ग दर्शन एवम् कर्मचारीहरूको सृजनशिल मेहेनत र शुभचिन्तकहरूको शुभेच्छाबाट संचालित यस संस्थाले संस्थागत आन्तरिक सुदृढिकरणको साथमा कार्य क्षेत्र विस्तार गर्दै अगाडि बढिरहेको छ । तसर्थ सदस्य मैत्री सेवा, सेवाग्राहीको हित साथमा सरल र सहज ढंगले ऋण लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तिय क्षेत्रको विकासमा निरन्तरताका साथ अभैm गुणस्तरिय एवम् विस्तारित प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अगाडि बढ्ने छौं । यस सहकारीको स्थापना बि.स. २०५९ साल कार्तिक महिनाको १५ गते कञ्चनपुर जिल्लाको डिभिजन सहकारी कार्यालयमा दर्र्ता भई संचालनमा रहेको जानकारी गराउन चाहन्छौं । यस सहकारीले समुदायमा आधारित सहकारीहरूको विकास प्रर्वधन र संरक्षणमा कृयाशिल ऐन, नियम र कानुनको सधै हामी परिपालना गरिरहेका छौं । हालै यस सहकारीले पञ्चबर्षिय ब्यबसायीक योजना तयार गरी सो योजनाको आधारमा कार्यक्रमहरूलाई अगाडि बढाएका छौं । सदस्यहरूसंग नजिक एवम् केन्द्रित रहदै हाम्रो सेवा र कार्यक्रमहरूलाई सदस्यको ईच्छा, चाहना र सुझाव बमोजिम निरन्तर अगाडि बढाउदै आएका छौं । गत आर्थिक बर्षमा तयार गरका बार्षिक योजना बमोजिमको कार्यलाई सफलतापूर्वक कार्य सम्पादन गर्न सकेका छौं । हालसम्मको सफलतालाई निरन्तरता दिदै थप उचाईमा पुग्नको लागि संस्थाको संस्थागत पू‘जीबृद्धिको अभियानलाई हामीले तिव्रता दिएका छौं । तोकिएको लक्ष र आशातित उदेश्यहरू पुरा भईरहेको वर्तमान अवस्थामा शेयर पूंजी। सदस्य बृद्धि र बहुउद्देश्यिय कार्य गर्ने अभियानलाई निरन्तरता दिएका छौं । शेयर लगानीमा सदस्यहरूको समान आर्थिक सहभागिता गराउने अभियान पनि गरिरहेका छौ । शेयर सदस्यहरुको दिगो विकास लक्षहरूलाई आत्मसाथ गरी सो संग सम्बन्धित कार्यक्रमहरूको तर्जुमा गरका छौं । शेयर सदस्यहरूलाई नविनतम आधुनिक प्रविधिसंग नजिक बनाउने उदेश्यका साथ विभिन्न संघ संस्था संग समन्वय गरी प्रविधिमैत्री वातावरणको सृजना गर्दै लगेका छौं । संस्थालाई थप सशक्त ढंगले संचालनमा ल्याउदै निति, विधि र प्रविधिमा जोड दिएका छौं । यतिवेला सदस्यले सदस्यलाई सदस्यद्वारा नै कार्यक्रमको तर्जुमा गरी थप रोजगारीका अवसरहरू सृजना गर्ने तर्पm हाम्रो ध्यान केन्द्रित भएको छ । दक्ष मानव संशाधनको विकास र कार्यरत कर्मचारीहरूको ब्यवसायिक दक्षता विकास गरी सर्वशुलभ सेवा प्रदान गर्न हामी प्रतिबद्ध रहेका छौं । संस्थाको आन्तरिक कार्य संचालनलाई सशक्त र गर्विलो बनाउदै जगेडा कोष बृद्धि गर्ने निति हामीले लिएका छौ । संस्थामा कार्यरत कर्मचारी, समिति, उपसमितिहरूको क्षमता अभिबृद्धिका लागि कार्यक्रमहरू संचालन गर्ने योजना समेत तयार गरेका छौ ं ।
सहकारी संघ संस्थालाई जारी गरिएको सहकारी ऐन वा निर्देशन, २०७४ बमोजिम सहकारीको निति तथा आन्तरिक कार्यविधि बनाएर सभाबाट पारित गर्ने अभ्यास गरि रहेका छौ । संस्थामा जोखिम ब्यवस्थापन गर्ने कार्य गरेका छौ । शंकास्पद कारोवारको पहिचान गर्ने प्रणालीलाई लागू गरेका छौ । योजना अनुशार उपलब्धी हासिल भयो की भएन भनी त्रैमासिक रुपमा संचालक समितिले समिक्षा गर्ने कार्य गरेका छौ । संस्थागत तथा कर्मचारीको क्षमता बिकासको कार्यलाई निरन्तरता दिएका छौं । ऐन, नियम र निर्देशिकाले तोकिएका विवरणहरूको अभिलेख राख्ने कार्यलाई निरन्तरता दिदै सुरक्षित राख्ने काम गरेका छौं । सम्बन्धित निकायमा निर्देशिकाले तोकिए बमोजिम कारोवारको प्रतिवेदनहरु समयमा पठाउने गरेका छौ । “एउटा सहकारीले बिगार ग¥यो भनेर सबैलाई उस्तै नजरले हेर्नु हु“दैन” बिश्व अर्थतन्त्र नै खस्किएको बर्तमान परिप्रेक्ष्यमा नेपालमा पनि दुई चार वटा सहकारीले गरेकोे बदमासीले साना सहकारीलाई समाजमा आप्mनो छबि बचाई राख्न हम्मे हम्मे परेको अहिलेको अवस्था छ त्यसमा तपाईहरुले यस सहकारी प्रति गरेको भरोसा र विश्वासलाई हामी कहिल्यै पनि निराश बनाउने छैनौ भन्ने प्रतिबद्धता समेत गर्न चाहान्छौ । शेयर सदस्यहरुले लिएको ऋणको सहि सदुपयोग नगरेको कारणले पनि सहकारीहरु डुब्ने अबस्था आउने सक्ने सम्भावन रहेकोले शेयर सदस्य ज्यूहरुले लिएको ऋणको पुर्ण सदुपयोग गर्नु होला भन्ने अनुरोध गर्दछौ । एकको लागि सबै र सबैका लागि एक भन्ने सहकारीको सर्वमान्य मान्यता हो। छरिएर रहेको पुंजीलाई एकत्रित गरी प्रत्येक सदस्यको घरघरमा पुगी सयपचास उठाएर फेरि तिनै सदस्यलाई लगानी गरी उनीहरूको आर्थिक जीवनस्तर उकास्ने माध्यम हो सहकारी संस्था र हामीले त्यही नै गरिरहेका छौं । हुने खाने र हु‘‘दा खाने बिचको खाडल पर्ुर्दै समाजमा समानता ल्याउने माध्यम पनि हो सहकारी । सहकारीकर्मी जोसुकैलाई पनि अहिले सहकारीमा काम गर्छु भन्दा हिचकिचाहट हुने स्थिति सिर्जना गर्ने जमातबाट हामी टाढा रहन सक्नु पर्छ । आप्mना शेयर सदस्यहरूलाई बुझाउन सक्ने क्षमता हामीमा बिकास भयो भने कुनै नकारात्मक समाचारको पछि दौडेर आप्mनो सहकारीमा बचत फिर्ता गर्नेको घुइँचो सहनु पर्ने स्थिति आउ‘दैन । कसैसंग उठाएको पैसाले कसैको आर्थिक पाटोमा उन्नति ल्याउ‘छ त केवल सहकारीले । यो समय बजारमा आएका नकारात्मक समाचारको पछि लागेर आप्mनो संस्थालाई औंला उठाउनु भन्दा मेरो एक प्रयासले संस्था बलियो हुन्छ भन्ने सोचको विकास प्रत्येक शेयरधनी सदस्यमा हुन जरुरी छ । सहकारी भित्र काम गर्न त्यति सजिलो छैन तर चुनौति भित्र पनि मीठो अनुभुति यस क्षेत्रमा छ । समाजको बास्तविक चित्रण देख्न पाईन्छ । समाजमा महिलाहरूको जीवनस्तर उकास्ने आर्थिक सारथी बन्ने चेष्टा हाम्रँे संस्थामा छ । तल्लो बर्गको मुहारमा हॉसो थप्ने सानो प्रयास यस सहकारीको तर्फबाट भईरहेको छ । सहकारी के हो भन्ने कुरा, दिनको लाखौं रुपैयाँ खानपानमा सक्ने बर्गलाई थाहा हुदैन, दिनमा सय पचास रुपैयाँ जम्मा गररे मासिक घर भाडा बुझाउने, छोराछोरीको फि बुझाउने र सामान्य तरिकाले घर ब्यबहार चलाउने बर्गलाई हामीले संगै लिएर हिडेको छ । आप्mनो कामले कसैको चुलो बलेको देख्दा, कसैको छोराछोरीले बिद्यालय गएर पढेको, महिलाहरुले आयआर्जन कार्यमा संलग्न भएर पैसा कमाएर बचत गर्दा, महिलाहरुको क्षमता अभिबृद्धि देखी नेतृत्व बिकास भएको देख्दा गर्व लाग्छ । हामी सहकारी प्रेमी र शेयर सदस्यहरू सबै मिलेर गलतलाई पहिचान गर्न सकौं र राम्रोलाई सम्हालेर मलजल गरौं । “सहकारीका सदस्यहरूले बुभ्mनै पर्ने कुरा” सहकारी संस्थाका वास्तविक मालिक संस्थाका शेयर सदस्यहरू नै हुन । संस्थाको संचालक समिति र लेखा समिति त केवल शेयर सदस्यहरूको प्रतिनिधि पात्र हो। सहकारीको एउटा सदस्यको प्राथमिक दायित्व के हो त ? पहिलो कुरा सहकारी बुभ्mनु पर्यो । सहकारी के हो? सहकारी कसका लागि हो? सहकारीमा सदस्यको जिम्मेवारी के हो? सदस्य र ग्राहक बिच के भिन्नता छ ? सहकारीका सिद्धान्त मूल्य मान्यता अरु ब्यवसायिक प्रारुप भन्दा के कति पृथक छन ? यस्ता आधारभूत बिषयमा प्रत्यक शेयर सदस्य जानकार हुन अति आबश्यक छ ।
साधारण सभामा सहभगि भई संस्थाले बर्षभरि गरेका आर्थिक, ब्यवसायिक, सामाजिक, सांस्कृतिक क्रियाकलापहरूको बारेमा जानकारी लिई चित्त नबुझेका, गलत ढंगले सम्पादन गरिएका बिषयहरूमा आवाज उठाउने, गल्ती गर्ने उपर कारवाहीको माग गर्ने, असल काम गर्नेको प्रशंसा गर्ने, भावी निति, योजना तर्जुमा र कार्यक्रम कार्यन्वयन गर्ने तथा सुझाव दिने कार्यहरू तपाई शेयर सदस्यहरू कै जिम्मेवारी भित्र पर्दछ । तपाईहरूले चुनेर पठाएको नेतृत्वले कतै ऐन, कानुन, निर्देशन, निर्देशिका विपरित काम पो गरिरहेका छन की त्यस तर्पm नजर लगाउने काम शेयर सदस्यहरू कै हो । त्यसैले तपाईहरुको सल्लाह सुझाव तथा खबरदारीले संचालक समितिलाई काम गर्ने हौसला प्रदान गर्दछ । अन्तमा सहकारीका मुलभूत आर्दश र सिद्धान्त अनुरुप एक सफल सहकारीको रुपमा पु¥याउन हामीलाई प्रत्यक्ष सहयोग पु¥याउनु हुने सम्पूर्ण संस्थापक सदस्यहरू, शेयर सदस्यहरू, संचालक समिति, लेखा समिति एवम् उपसमिति, संस्थाका कर्मचारीहरू, बहुउद्देश्यिय महिला सहकारी संस्थाहरु, अन्य कार्यक्षेत्रमा कार्यरत सहकारी संस्थाहरु, गोदावरी नगरपालिका, महिला शाखा, प्रदेश सहकारी विभाग, जिल्ला सहकारी संघ, केन्द्रिय सहकारी संघ कार्यक्षेत्र भित्रका सम्पूर्ण वार्डकार्यालय परिवार, सहकारी बैंक लगायत सम्पूर्ण प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने निकाय प्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछौं । जय सहकारी !!!