काठमाडौँ: काठमाडौँको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले पक्राउ गरेको हो।
प्रहरीका अनुसार लामालाई चोरी भएको मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा पक्राउ गरिएको हो। सो मोटरसाइकल धादिङ सल्यानटारका दीपेन्द्र दाहालको भएको प्रहरीले जनाएको छ।