091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

दशौँ संस्करणको ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने

काठमाडौँ: विगतमा जस्तै यसपटक पनि ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने भएको छ। सन् २०१३ देखि हुँदै आएको मिस ग्रान्ड नेपालको यसपटक दशौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

यसपटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने आयोजकले जनाएको छ पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ। यसपटकको ‘मिस ग्रान्ड नेपाल २०२२’ हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित हुने मिस ग्राण्ड नेपालका नेशनल डाइरेक्टर सुरेश तामाङले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको भदौ ११ गतेबाट अडिसन सुरु हुने र १३ गते छनौट गरिने छ।