काठमाडौँः युट्युब च्यानल कमेडी क्याफेमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि भद्दा ब्यङग्य गरेको भन्दै विवादमा आएका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी विरुद्ध जिल्ला प्रहरी परिसरमा निवेदन परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीमा उजुरी परेको जानकारी पाएपछि सिंह आफैँ प्रहरी कार्यालय पुगेका थिए। उनी अहिले नियन्त्रणमा रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको काठमाडौँका एसएसपी भरत बोहोराले उकेरालाई बताए।