काठमाडौँ: प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाँणका पीएसओमाथि छानबिन थालेको छ। सञ्चारमाध्यममा प्रकाशित “सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पीएसओ सई कार्कीको संलग्नता” भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।