राजेन्द्र भट्ट, महेन्द्रनगर: पुतली– कोही निक्खर काला, कोही खैरा। कोही सप्तरङ्गी, कोही एउटा गाढा रङका। पुतली शब्द सुन्ने बित्तिकै प्राय: सबैको मस्तिकमा फुलबारी र प्रकृतिको सुन्दरता स्मरण हुन्छ। बेग्ला–बेग्लै रङ र आकारमा घरआगन वरपर जताततै रङ्गी विरङ्गी पुतली देख्दा जो सुकैको मन हर्षित र आनन्दित हुन्छ।