091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

अर्जेन्टिनामा उपराष्ट्रपतिको हत्या प्रयास, एक जना पक्राउ

अर्जेन्टिना प्रहरीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले यस्तो गरेको प्रहरीले जनाएको छ।

घटना बिहीबार राति भएको हो। क्रिस्टिना उनको घरबाहिर समर्थकहरुको बीचमा थिइन्। आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा बन्दुक तेर्साएको बताइएको छ।  वरपरका मानिसहरूले घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

आक्रमणकारीको पहिचान गर्दै प्रहरीले

अर्जेन्टिनाका सुरक्षा मन्त्रीले यस विषयमा अनुसन्धान भइरहेको बताए। उनले भने, ‘आक्रमणकारीले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक राखेका थिए। संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनका सुरक्षा गार्डहरू सक्रिय भए। आक्रमणकारी पक्राउ परेका छन्।’