धनगढीः प्रधानमन्त्री पत्नी आरजु राणा ५ जिल्लाबाट सिफारिस भएकी छिन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राणा ५ जिल्लाबाट सिफारिस भएकी हुन्।
हालसम्म उनी कैलाली– ५ सँगै बाँके–३, बर्दिया–२, बागलुङ र गृह जिल्ला डडेल्धुराबाट समानुपातिकमा सिफारिस भएकी हुन्। डडेल्धुरा काँग्रेसले राणालाई भदौ १७ गते समानुपातिकमा सिफारिस गरेको थियो। भने, कैलाली काँग्रेसले उनै राणालाई भदौ १६ गते नै पुनः दोहर्याउने निर्णय गरेको थियो।