काठमाडौं : इचङ्गुको खेतमा जन्मेको भक्त प्रसाद भ्यागुतोलाई जब यो खेतभन्दा पर पनि केही छ भन्ने कुरा थाहा लाग्छ उसलाई पर के के छ ? कस्तो छ ? भन्ने प्रश्नले लखेट्न थाल्छ।
त्यही प्रश्नको उत्तर खोज्ने क्रममा उसमा नेपाल भ्रमण गर्ने इच्छा जाग्छ। त्यसपछि भक्त प्रसाद इचङ्गुको खेतका डिल नाघेर नेपाल भ्रमणमा निस्कन्छ। जिज्ञासा र उर्जाले भरिएको भक्त प्रसादको सोही रोमाञ्चक, साहसी र लोभलाग्दो नेपाल यात्रा नाटक ‘धुमधामको घुमघाम’मार्फत कौसी थिएटरमा देखाइँदै छ।
नाटकको केन्द्रीय पात्र भ्यागुतो भए पनि नाटकले भ्यागुताको मात्र कथा भनेको छैन। भक्त प्रसादको माध्यमबाट उ जस्तै आफ्ना आफ्ना खेतका डिल नाघेर बाहिर निस्किन चाहने मान्छेलगायत सम्पूर्ण जीवहरूको कथा नाटकले भनेको छ।