धनगढीः कैलालीमा मिटर ब्याजको जालमो पूराना धनाढ्यदेखि नव धनाढ्यसम्मै फसेको पाइएको छ। छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्ने भन्दै मिटर ब्याजमा लागेकाहरुको एकपछि अर्काे गर्दै घरबार उजाडिन थालेको छ। धनगढीका एक पुुराना धनाढ्य मिटर ब्याजको जालोबाट उम्कन २६ करोडको जमिनसहित १९ करोडमा घर बिक्री गर्दा पनि पार पाउन सकेका छैनन्।