091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

विदेशी मुद्राको सञ्चिती भारतमा पनि गिरावट

काठमाडौं : नेपालमा अमेरिकी डलरको सञ्चितीमा कमि आएर संकट सिर्जना हुने अर्थविदहरुले चेतावनी दिइरहेका बेला छिमेकी मुलुक भारतमा पनि विदेशी मुद्राको सञ्चितीमा अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ।

भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आँकडा अनुसार भूराजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिति ११।१७३ बिलियन डलर घटेर ६०६।४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट भएको बताइएको छ।

भारतीय केन्द्रीय बैंकमा गत साता पनि विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको थियो। गत २५ मार्चमा समाप्त भएको गत सातामा विदेशी मुद्राको सञ्चिति २।०३ बिलियन डलर घटेर ६१७।६४८ बिलियन डलरमा झरेको थियो।