091-551146, 9848426568 jeevenjoyoti2059@gmail.com

१६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ।

तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अंकले बढेको हो। सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन।